कर्जा तथा कानुनी व्यवस्थापन तालिम सम्पन्न
Mar 5, 2025

कर्जा तथा कानुनी व्यवस्थापन तालिम सम्पन्न

 ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँबजार शाखाको आयोजनामा सञ्चालित एक दिवसीय कर्जा तथा कानुनी व्यवस्थापन तालीम सम्पन्न भएको छ ।

बुधवार सञ्चालित तालिममा सहकारीले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको शाखा प्रमुख बिनिता बिष्टले जानकारी दिनु भयो ।

तालिममा कर्जाको परिचय र महत्व, कर्जा  लगानीका प्रक्रियाहरु, आवश्यक कागजात, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको कर्जा असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, कर्जा वर्गीकरण, कर्जा असुलीका उपायहरू, यसको कानुनी प्रक्रिया लगायतका विषयमा बैंकको प्रमुख जोखिम अधिकृत प्रमोद कुमार घिमिरे र इन्जिनियर मुक्ति पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

 कार्यक्रमको सञ्चालन शाखा प्रमुख बिनिता बिष्टले गर्नुभएको थियो । तालिममा विभिन्न सहकारी संस्थाबाट २६ जना कर्जा विभागका कर्मचारी तथा कर्जा उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error