ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड जोरपाटी शाखाको आयोजनामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलवार गोकर्णेश्वर नगरपालिका नाराणटार-६, स्थित श्री चामुण्डा माध्यामिक विद्यालयको कक्षा १२ को व्यवस्थापन सङ्कायमा अध्ययनरत विधार्थीहरुको सहभागितामा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख आदर्श धमलाले जानकारी दिनु भयो ।
कार्यक्रममा ४५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।