राष्ट्रिय सहकारी बैंक र कोशी प्रदेशको सहकारी मन्त्रालय बीच व्याज अनुदान कार्यक्रम गर्न सम्झौता
Mar 4, 2025

राष्ट्रिय सहकारी बैंक र कोशी प्रदेशको सहकारी मन्त्रालय बीच व्याज अनुदान कार्यक्रम गर्न सम्झौता

 ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि िद्वपक्षिय सम्झौता भएको छ ।
 “कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंक/वित्तीय संस्था/सहकारी संस्था मार्फत व्याज अनुदान कार्यक्रममा सहभागीताका लागि चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ न्युनतम ब्याजदरमा कर्जा परिचालन गर्ने गरि सम्झौता भएको हो ।
सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि  बैंकका तर्फबाट कोशी प्रदेश कार्यालयका प्रमुख प्रभु पोखरेल र  उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट  महाशाखाकी प्रमुख डा. दीपा दिवालीले हस्ताक्षर गर्नु भयो ।
 उक्त रकम बैंकले कोशी प्रदेश अन्तर्गतका शाखाहरूबाट कोशी प्रदेशमा सञ्चालनमा रहेका १४ जिल्लाका कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुमा चालु आर्थिक वर्षमा परिचालन गर्नेछ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error