कात्तिक १२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड धरान शाखा कार्यालयद्वारा सञ्चालित दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” सोमबार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत आइतबार र सोमबार सञ्चालन गरिएको तालिममा धरान उपमहानगरपालिका क्षेत्रका १६ वटा सहकारी संस्थाहरूबाट १३ जना महिला र १५ जना पुरुष गरि २८ जनाको सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका उपाध्यक्ष काजी गिरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बैंकको धरान शाखा समन्वय उपसमितिका पूर्व संयोजक तथा धरान उपमहानगरपालिका वडा नम्बर १५, का वडा अध्यक्ष नरेश इवारुमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सुनसरीका सदस्यहरू अफिसर सुयल र उद्धव लिम्बुको आतिथ्यता रहेको थियो ।
दुई दिन सम्म सञ्चालित कार्यक्रममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बैंकको धरान शाखाकी प्रमुख मुना घिमिरेले गर्नुभएको गर्नुभएको थियो ।