फागुन १३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कालीमाटी शाखाको आयोजनामा सञ्चालित “सदस्य सम्बन्ध विकास तालिम” सोमबार सम्पन्न भएको छ । बैंककको सदस्य सहकारी संस्थाको अग्र भागमा कार्यरत कर्मचारी, सदस्य सेवा विभागका कर्मचारी तथा बजार प्रतिनिधि कर्मचारीहरूलाई लक्षित गरी सञ्चालन गरेको तालिममा त्यस क्षेत्रका विभिन्न सहकारी संस्थाबाट २४ जनाको सहभागिता रहेको थियो ।
शेयर सदस्यहरूसँग सुमधुर सम्बन्ध विकासको लागि आवश्यक सिप, कला तथा क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख लक्ष्मी खड्काले जानकारी दिनुभयो ।
तालिम कार्यक्रमको उद्घाटन बैंकको तालिम विभागकी वरिष्ठ अधिकृत मिना कुमारी शर्माले गर्नुभयो । उद्घाटन पछि मन्तव्य राख्दै उहाँले आजको संवेदनशील समयमा सहकारी संस्थाको छवि उच्च राख्दै गुणस्तरीय सेवा तथा दिगो सदस्य सम्बन्ध विकासका लागि कर्मचारीहरूको क्षमता विकास गर्ने तालिम उपयोगी हुने बताउनु भयो । तालिमले कर्मचारीहरूलाई सदस्यहरूसँग राम्रो सम्बन्ध विकास गरी समस्या समाधान गर्न र सहकारीको दीर्घकालीन सफलता सुनिश्चित गर्न मद्दत पु¥याउने उल्लेख गर्नुभयो ।
तालिममा सहकारी संस्थाका कर्मचारीहरूको सदस्य सम्बन्ध विकास सम्बन्धी ज्ञान, सिप तथा क्षमता विकास, सहकारीको परिचय र सिद्धान्तहरू, सबल सहकारी निमार्णका लागि कर्मचारीमा हुनुपर्ने गुणहरू, सबल सहकारी निमार्णका लागि कर्मचारीको भूमिका, सदस्य सम्बन्ध विकासका उपायहरू, संस्थाका सेवा तथा उत्पादनहरूको ज्ञान, सदस्य पहिचान तथा परामर्श सम्बन्धी सिप तथा कार्यालय व्यवस्थापन लगायतका विषयमा बैंकको तालिम विभागका अधिकृत राज कुमार बरालले सहजीकरण गर्नुभएको थियो ।
उहाँले सहकारी संस्थाको अग्र भागमा कार्यरत कर्मचारीहरू प्रत्यक्ष रूपमा सदस्यहरूसँग कारोबार तथा सेवा गर्ने तथा संस्थाका विभिन्न गतिविधिहरूको सूचनाहरूको संवाहक भएको हुँदा अग्र भागका कर्मचारीहरूको क्षमता विकासले संस्थाको विकासमा प्रत्यक्ष प्रभाव पार्ने बताउनु भयो ।