राष्ट्रिय सहकारी बैंकको सेवा सुविधा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सर्लाहीमा सम्पन्न
Feb 21, 2025

राष्ट्रिय सहकारी बैंकको सेवा सुविधा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सर्लाहीमा सम्पन्न

फागुन ९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय चन्द्रनिगाहापुर र हरिवनको संयूक्त आयोजनामा सहकारी बैंकको सेवा सुविधा सम्बन्धि “अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । 

शुक्रवार सर्लाहीको बागमतीमा आयोजित कार्यक्रममा सर्लाही र रौतहट जिल्लामा रहेको बैंकका सदस्य सहकारी संस्थाका ३० जना प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत मोहन बहादुर कार्कीले बैंकले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने सेवा तथा सुविधाको विषयमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले बैंकको वर्तमान अवस्था, सदस्य संस्थाले बैंकसँग कर्जा माग गर्दा अपनाउने प्रक्रिया तथा लगानी गर्दा संस्थालाई मूल्याङ्कन गर्ने विधि तथा प्रक्रियाहरु र बैंकको कर्जाको प्रकारहरुको विषयमा जानकारी दिनुभयो ।

बैंकले पछिल्लो समय सदस्य सहकारी संस्थाहरुको लागि कर्जा लगानी गर्दा न्यूनतम ब्याजदरमा कायम गरेको उल्लेख गर्दै त्यसबाट सदस्य संस्थाहरुले कर्जा उपभोग गरी भरपुर फाइदा लिन आग्रह गर्नुभयो । विगतको तुलनामा बैंकले कर्जा लगानीको प्रक्रिया र कागजातलाई सहज र सरल बनाएको जानकारी दिँदै सदस्य सहकारी संघ संस्थाहरूको माग अनुसार सहज, सरल र सुरक्षित तरिकाले बैंकको सबै शाखा कार्यालयहरू मार्फत कर्जा प्रवाह हुने बताउनु भयो ।


कार्यक्रममा सहभागीहरूले उठाएको जिज्ञासाको सम्बोधन गर्दै बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले सहकारी क्षेत्रलाई वित्तीयरुपमा सक्षम, संस्थागत रुपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसँगको सहकार्यमा जोड दिन सहकारी संघ संस्थाहरुलाई आह्वान गर्नुभयो । बैंकले सदस्य सहकारीहरूको सेवा सुविधालाई मध्यनजर गर्दै वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सेवा उपभोग गर्न आग्रह गर्नुभयो ।

बैंकको हरिवन शाखा समन्वय उपसमितिका संयोजक एवम् कार्यक्रमको सभापति केशव प्रसाद ढकालले सहकारी संस्थामा परेको समस्या समाधानका लागि बैंकले अभिभावकत्व ग्रहण गर्ने गरेकोले संस्थाको दीर्घकालीन हकहितका लागि बैंकले उपलब्ध गराउने सेवा सुविधा उपभोग गरी स्तरीकरण कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा शाखा समन्वय उपसमिति हरिवनका सदस्यहरू तिलक बहादुर खड्का, सुशील प्रसाद श्रेष्ठ र चन्द्रनिगाहापुर शाखा समन्वय उपसमितिका सदस्य धर्मेन्द्र चौधरीको आतिथ्यता रहेको थियो ।

बैंकको हरिवन शाखाका प्रमुख नारायण लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य चन्द्रनिगाहापुर शाखाकी प्रमुख रुपा थापाले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error