कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न
Feb 17, 2025

कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड चरिकोट शाखाले सञ्चालन गरेको कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ । सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

दुई दिन सम्म सञ्चालित तालिममा ऋणको परिचय र महत्व, ऋण लगानीका प्रक्रियाहरु, आवश्यक कागजात, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, धितो मुल्यांकन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरु, ऋणको वर्गिकरण, भाखा नाघेको ऋण असुलीका उपायहरु, ऋण फायल र असुली समबन्धी कागजात, असुलीका प्रयासहरुको अभिलेख तथा प्रतिवेदन र ऋण व्यवस्थापन कार्यविधि लगायतका विषयमा बैंकको तालिम विभागका अधिकृत राज कुमार बरालले तालिममा सहजीकरण गर्नु भयो ।

तालिमका सहभागिहरुले तालिमले ऋण व्यवस्थापनका विधि र प्रक्रिया लगायत जोखिम न्यूनिकरणका विषयमा सहजता ल्याउन सहयोग पुग्ने धारणा राखेका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक चरिकोट शाखाका प्रमुख यशोदा  पौडेलले गर्नुभएको थियो ।

तालिममा दोलखाका ३१ वटा सहकारी संस्थाका ४५ जना ऋण विभागका कर्मचारी तथा  ऋण उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.