राष्ट्रिय सहकारी बैंकको लहान शाखा कार्यालय स्थानान्तरण
Feb 14, 2025

राष्ट्रिय सहकारी बैंकको लहान शाखा कार्यालय स्थानान्तरण

माघ २८, ललितपुर ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडको लहान शाखा स्थानान्तरण भएको छ । हाल भइरहेको स्थानबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रमेश चोक भन्दा पूर्वमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाको अगाडी रहेको सुविधा सम्पन्न भवनमा स्थानान्तरण भएको शाखा प्रमुख राहुल झाले जानकारी दिनु भयो ।

स्थानान्तरण भएको शाखा कार्यालयको उद्घाटन शुक्रबार एक समारोहका बीच बैंकका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले गर्नुभयो ।

बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा शाखा कार्यालय स्थानान्तरण गरिएको सञ्चालक मण्डलले बताउनु भयो ।

सो कार्यक्रममा बैंकको व्यवसाय प्रवद्र्धन तथा स्तरीकरण उपसमितिका सदस्य पञ्चलाल महतो, शाखा समन्वय उपसमितिका संयोजक सञ्जय कुमार महतो सहित सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.