कागेश्वरी मनोहरा नगरपालिका र राष्ट्रिय सहकारी बैंक बीच सहकारी सवलिकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता
Feb 10, 2025

कागेश्वरी मनोहरा नगरपालिका र राष्ट्रिय सहकारी बैंक बीच सहकारी सवलिकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता

माघ २८, ललितपुर । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र राष्ट्रिय सहकारी बैंक लिमिटेड पुल्चोक, ललितपुर बीच सहकारी सम्बन्धी प्रोफाइल निर्माण कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता भएको छ । 

सोमबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र बैंकको तर्फबाट अधिकृत अनूजा सैंजूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार नगरपालिकाको क्षेत्राधिकार भित्रका ३० वटा सहकारी संस्थाको स्थलगत परीक्षण र समीक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । सहकारी संस्थाहरुको वित्तीय र गैर वित्तीय पक्षहरूको विस्तृत परीक्षण र समीक्षा कार्यक्रम गर्नको लागि द्वितीय पक्षले आवश्यक सूचकहरूको विकास गर्ने, द्वितीय पक्षले विकास गरेका सूचकहरूमा आधारित भई सहकारी संस्थाहरुको वित्तीय तथा गैर–वित्तीय पक्षहरूको स्थलगत परीक्षण गर्ने र परीक्षण कार्य सम्पन्न गरिसकेपछि संस्थाहरुको समूहगत रूपमा समीक्षा गोष्ठी सम्पन्न गरी समीक्षाको निष्कर्ष सहितको प्रतिवेदन उपलब्ध गराउने उल्लेख गरिएको छ । 

नगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाका क्षेत्रभित्रका सहकारी संस्थाहरुको क्षमता विकास तथा अनुगमन सम्बन्धी कार्यक्रम लागत साझेदारीमा बैंकसँगको समन्वयमा कार्यक्रम सम्झौता गरी कार्यान्वयन गर्दा नगरपालिका क्षेत्रका सहकारी संस्थाहरुको संस्थागत सुशासन र प्रवद्र्धनमा सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताउनु भयो ।

नगरपालिकाको सहकारी शाखाका प्रमुख विश्वास ज्ञवालीले सहकारी सम्बन्धी प्रोफाइल निर्माण कार्यले सहकारी संस्थाहरुको स्तर वृद्धि गरी यस क्षेत्रको विकास र प्रवद्र्धनमा कार्यमा सहयोग पुग्ने कुरामा जोड दिनु भयो ।

यस्तै कार्यक्रम यस अघि बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिकासँग सम्झौता गरी कार्यक्रम कार्यान्वयन गरिरहेको बैंकको सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यले बताउनु भयो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, सहकारी शाखाका प्रमुख विश्वास ज्ञवाली, बैंकको सेवा महाशाखाका प्रमुख राम बाबु आचार्य, अधिकृतहरू सूर्य प्रसाद रिमाल, अनूजा सैंजू, बैंकको जोरपाटी शाखाका प्रमुख आदर्श धमला लगायतको उपस्थिति रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error