सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सहकारी बैंकद्वारा अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन
Jan 27, 2025

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सहकारी बैंकद्वारा अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन

माघ १४, ललितपुर । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रथम सम्पत्ति शुद्धीकरण निवारण दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकले त्यससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले गत शुक्रवार (माघ ११ गते) सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी परामर्श कार्यक्रम सञ्चालन गरेको थियो । विशेष गरी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाहरूले गर्नुपर्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रचलित कानुन बमोजिमका निकायबाट जारी भएको निर्देशनको पालना गर्नु पर्ने व्यवस्था लगायतको विषयमा जानकारी दिने उद्देश्यले भर्चुअल माध्यमबाट परामर्श कार्यक्रम सञ्चालन गरेको थियो ।

सघीय सहकारी विभागद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ/संस्थालाई जारी गरिएको (चौथो संशोधन) निर्देशनका विषयमा समेत कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाहरूबाट ३१५ जनाको सहभागिता थियो ।

त्यसैगरी बैंकले सोमबार बैंकका केही सञ्चालकहरू अमृता सुब्बा, काली बहादुर महतरा, नायब महाप्रबन्धक राजेश श्रेष्ठ, प्रमुख जोखिम अधिकृत प्रमोद कुमार घिमिरे र विज्ञ सहित सम्पत्ति शुद्धीकरण निवारणको विषयमा बैंकले छलफल एवम् अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error