सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता तालिम सम्पन्न
Jan 23, 2025

सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता तालिम सम्पन्न


माघ ११, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड हरिवन शाखाको आयोजनामा सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता विषयक २ दिने तालिम बिहीबार सम्पन्न भएको छ ।

शाखाको कार्यक्षत्रमा रहेको सहकारी संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु सहभागि तालिमको बुधबार बैंकका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले उद्घाटन गर्नु भएको थियो । 

उद्घाटन पछि कार्यक्रममा सम्बोधन गर्दै सञ्चालक मण्डलले सहकारी स्वनियमनमा संचालन हुने भएकाले लेखा सुपरिवेक्षण समितिको महत्वपूर्ण भूमिका रहेको औल्याउनुभयो । उहाँले यो समिति सक्रिय भएको खण्डमा सहकारी सुशासन र पारदर्शी तवरमा संचालन हुने समेत जिकिर गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण भएकाले यसलाई सक्रिय बनाउने उद्देश्यले बैंकको यो कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

शाखा समन्वय उपसमितिका संयोजक केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उक्त तालिममा सहकारीको परिचय र सिद्धान्तहरु व्यवहारीक प्रयोग, संस्थागत संरचना र सञ्चालन प्रक्रिया, आन्तरिक लेखापरिक्षणका क्षेत्रहरु–आन्तरिक कार्यविधि कार्यान्वयनको अवस्था, संस्थागत सुशासन र कानुनको पालना, लेखासुपरिवेक्षण समितिको परिचय तथा कार्यहरु, आन्तरिक लेखापरिक्षण प्रतिवेदन निर्माण शिप, साधारण सभा र निर्णय पालना, सदस्य सेवा, अभिलेख व्यवस्थापन, वित्तीय व्यवस्थापनको लेखापरिक्षण अभ्यास जस्ता विषयहरुमा बैंकको तालिम विभागका तालिम अधिकृत राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.