कृषि सहकारीका सदस्यहरूलाई तरकारी खेती सम्बन्धी प्राविधिक तालिम
Jan 19, 2025

कृषि सहकारीका सदस्यहरूलाई तरकारी खेती सम्बन्धी प्राविधिक तालिम

माघ ६, ललितपुर । काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको प्रतिष्ठा कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई तरकारी खेती सम्बन्धी प्राविधिक तालिम प्रदान गरेको छ । 

आइतबार राष्ट्रिय सहकारी बैंक लिमिटेड बनेपा शाखा र प्रतिष्ठा कृषि सहकारी संस्थाका लिमिटेड को सँयूक्त आयोजना तथा पाँचखाल नगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित तालिममा संस्थामा आबद्ध ४५ जना किसानहरूको सहभागिता रहेको थियो ।

तालिममा आधुनिक खेती प्रणाली, विषादी रहित तरकारी उत्पादन, उत्पादित तरकारीको बजारीकरण लगायतको विषयमा पाँचखाल नगरपालिकाको कृषि शाखाका प्रमुख हेमन्त पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका प्रमुख उपेन्द्र दाहाल, जिल्ला कृषि सहकारी संघ काभ्रेका अध्यक्ष हरि चन्द्र घिमिरे र उपाध्यक्ष ज्ञान बहादुर थापाको आतिथ्यता रहेको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.