सिराहाको लहानमा सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Nov 28, 2024

सिराहाको लहानमा सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाले सहकारी संघ संस्थाहरूका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको लागि सञ्चालन गरेको दुई दिवसीय “अध्यक्ष तथा व्यवस्थापन प्रमुखको क्षमता विकास तालिम” सम्पन्न गरेको छ ।

एन.सि.बि.एल. सदस्य शिक्षा कार्यक्रम २०८१/०८२ अन्तर्गत निःशुल्क रूपमा मङ्सिर ११ र १२ गते सञ्चालन गरिएको तालिममा लहान, धनगढीमाई, गोल बजार, मिर्चैया, सिरहा नगरपालिका लगायत सिरहा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रका सहकारी संघ संस्थाहरूबाट २६ जना अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रका अग्रसर अध्यक्ष तथा  व्यवस्थापन  प्रमुखहरूको  क्षमता अभिवृद्धि गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा प्रमुख राहुल झाले जानकारी दिनुभयो ।

तालिम समापन समारोहमा बोल्दै लेखा समिति संयोजक लक्ष्मी प्रसाद उप्रेतीले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको हुँदा सबल सहकारी निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

बैंकको लहान शाखा समन्वय उप–समितिका सदस्य फुलेश्वर महतोले तालिममा सिकेको, बुझेका ज्ञानहरूलाई व्यवहारमा उतारेर आ–आफ्नो संघ संस्थाहरुमा लागु गरी संस्थालाई उत्कृष्ट बनाउन तर्फ लाग्न व्यवस्थापकहरूमा अनुरोध गर्नु भयो । 

तालिमको उद्घाटन बैंकको लहान शाखा समन्वय उप–समितिका सदस्य फुलेश्वर महतोको अध्यक्षता तथा सञ्चालक विश्वनाथ मण्डल प्रमुख आतिथ्यता र बैंकको केन्द्रीय व्यवसाय प्रवर्द्धन, एकीकरण तथा स्तरीकरण उप समितिका सदस्य पञ्चलाल महतोको अतिथ्यता रहेको थियो । 

कार्यक्रमका सहभागीहरूले बैंकद्वारा सञ्चालन गरिएको अध्यक्ष तथा व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको बताएका छन् । उनीहरूले दुई दिनको तालिमबाट नयाँ सिकाई भएको उल्लेख गर्दै तालिमले संस्था सञ्चालनको लागि महत्त्वपूर्ण सहयोग पुगेको बताएका छन् ।  


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.