कञ्चनपुरमा सहकारीका अध्यक्ष तथा व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सञ्चालन
Nov 26, 2024

कञ्चनपुरमा सहकारीका अध्यक्ष तथा व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सञ्चालन

मङ्सिर ११, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड महेन्द्रनगर शाखा कार्यालयको आयोजनामा सञ्चालित दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत मङ्सिर ९ र १० गते दुई दिन सम्म सञ्चालन भएको तालिममा शाखाको क्षेत्रमा रहेका २२ सहकारी संस्थाका ३७ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

 शाखा समन्वय उपसमिति महेन्द्रनगरका संयोजक गणेश बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि बैंकका सञ्चालक एवम् सुदूरपश्चिम प्रदेशका संयोजक शिवा थापा तथा विशिष्ट अतिथि जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट रहनुभएको थियो ।

तालिममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि बैंकका सञ्चालक एवम् सुदूरपश्चिम प्रदेशका संयोजक शिवा थापाले बैंकले सञ्चालन गरेका तालिममा निरन्तर सहभागिता तथा बैंकले नियमित रूपमा संस्थाहरुको हित, विकास र क्षमता अभिवृद्धि गर्दै जाने र बहस, पैरवी तथा सहकारी अभियानको नेतृत्व गर्दै गइरहेको उल्लेख गर्नुभयो भयो ।

कार्यक्रममा शाखा समन्वय उपसमिति महेन्द्रनगरका संयोजक गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, कार्यक्रममा सहभागी सृजनात्मक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गजेन्द्र सिंह नायक र अपि हिमाल बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष महेश दत्त भट्टले मन्तव्य राख्नुभएको थियो ।

तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवं सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरू, सहकारीको वित्तीय सूचकाङ्कको परिचय, सहभागी संस्थाहरुको वित्तीय तथा गैरवित्तीय सूचकाङ्कको विश्लेषण लगायतको विषयमा सहकारी प्रशिक्षक अनिल वीर बज्राचार्य सहजिकरण गर्नुभएको थियो ।

को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरका अध्यक्ष सुनिल कुमार सेटीको स्वागत तथा शाखा प्रमुख प्रकाश सिंह कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error