सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुलाई क्षमता अभिवृद्धि तालिम
Oct 2, 2024

सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुलाई क्षमता अभिवृद्धि तालिम

आश्विन १६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड न्यूरोड शाखा कार्यालयद्वारा सञ्चालित दुई दिवसीय “सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” बुधवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा न्यूरोड क्षेत्रका सहकारी संस्थाहरूका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

 मंगलबार बैंकका सञ्चालक ध्रुवराज विष्टले उद्घाटन गर्नुभएको तालिमको समापन बुधवार  सञ्चालक केदार मानन्धरले समापन गर्नुभयो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै  सञ्चालक मानन्धरले सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको दक्षतामा  वृद्धि गरि संस्थालाई कुशलता पूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्वदायी बनाउने र सहकारी संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नु भयो ।

बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने कुरामा जोड दिनु भयो । यस्तो खालको तालीम बैंकले देशैभर सञ्चालन गर्न लागेको समेत जानकारी दिनु भयो ।

कार्यक्रममा सहकारीको मूल्य र सिद्धान्त सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको स्तरीकरण विभागका अधिकृतहरू नवकुमार अधिकारी, सूर्य प्रसाद रिमाल, तालिम विभागका सहायक अधिकृत राजकुमार बराल सहितको विषय विज्ञहरूले सहजीकरण गर्नुभएको थियो ।

बैंकको न्यूरोड शाखाकी प्रमुख रमा घिमिरेले सञ्चालन गर्नुभएको तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न ३० वटा सहकारी संस्थाका ४५ जना अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.