सहकारी बैंकद्वारा आयोजित ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी पोखरामा सम्पन्न
Nov 25, 2024

सहकारी बैंकद्वारा आयोजित ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी पोखरामा सम्पन्न

मंसिर १०, काठमाडौं । सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी गण्डकी प्रदेशको पोखरामा सोमबार सम्पन्न गरेको छ । 

बैंकको २१औं वार्षिक साधारण सभा अघि सहकारी क्षेत्रका चुनौती र समाधानका उपायहरूको समीक्षा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहकारीकर्मी, विज्ञ, तथा सहकारी क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सीले बैंकले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै यसलाई आर्थिक समृद्धिको मुख्य माध्यम बनाउने उद्देश्यले अघि सारेका कार्यक्रम र योजनाहरूले सहकारी अभियानलाई थप मजबुत बनाउने बताउनु भयो । बैंकले देशभरका सहकारी संस्थाहरूलाई सशक्त बनाउन यस्तै गोष्ठीहरू आगामी दिनमा अन्य सबै प्रदेशमा पनि सञ्चालन उल्लेख गर्नु भयो ।

बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी क्षेत्रको समस्याको समाधानका लागि सुधारको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै बैंकले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा र दिशानिर्देश दिन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत गुरागाईंले तत्कालको लागि नाफा केन्द्रित भन्दा पनि सदस्य सहकारी संस्थाहरूलाई तालिम, शिक्षा, र बहसका माध्यमबाट सशक्त बनाउने योजनामा बैंक केन्द्रित रहेको उल्लेख गर्नुभयो । सहकारी संघका व्यवस्थापक तथा अध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि बैंकले ६८ वटै शाखा कार्यालय मार्फत निःशुल्क तालिम कार्यक्रम सञ्चालन गरि रहेको समेत जानकारी दिनुभयो ।

सदस्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउन र वित्तीय जोखिम न्यूनीकरण गर्न बैंकले निःशुल्क रूपमा बेसिक र बेसिक प्लसका स्तरीकरण कार्यक्रम उपलब्ध गराउने र सबै कारोबारलाई पारदर्शी बनाउने व्यवस्था गरिने गुरागाईंले बताउनुभयो । 

गोष्ठीमा सहकारी विज्ञ तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले तनाव व्यवस्थापन र उत्प्रेरणाको विषयमा तथा सहकारी ऐन, सहकारीका मूल्य, मान्यता र सहकारी क्षेत्रका समस्याहरूको यथार्थमा आधारित गहन छलफल गर्दै आवश्यक सुधारका उपाय तथा Qmress & Qmratagic Management  विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । 

कार्यक्रममा सहभागी सहकारी अभियन्ता तथा व्यवस्थापन प्रमुखहरूले बैंकको यो कदमले सहकारीप्रतिको विश्वास पुनः स्थापना गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । विज्ञ प्रस्तुतीकरण र गोष्ठीका  अन्य सत्रहरूले सहकारीको वर्तमान समस्यालाई गहिराइसम्म बुझ्न र समाधानको खाका कोर्न सहयोग गरेको धारणा व्यक्त गरेका छन् ।

बैंकका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.को अध्यक्षता भएको कार्यक्रममा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक हुमाकुमारी जि.सी., कमला पौडेल सुवेदी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड  (नेफ्स्कुण) की सञ्चालक कमला गिरी, नेपाल केन्द्रीय दुग्ध सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज बराल तथा सञ्चालक दीपक गौतम, पोखरा महानगर सहकारी समिति सभापति रवि रमण तिवारी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यवहाक अध्यक्ष ईश्वर सुवेदी तथा पूर्व अध्यक्ष सुदिप ढकाल, सहकारी विज्ञ नारायण आचार्य, कोअपरेटिभ म्यानेर्जस क्लब कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो । 

सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको गोष्ठी कार्यक्रम मङ्सिर २० भित्र सबै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न गर्ने योजना बैंकले जनाएको छ । कार्यक्रम मार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र सहकारी क्षेत्रका समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने बैंकको लक्ष्य रहेको छ ।

बैंकको गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकको लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error