कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको नयाँ कार्यसमितिलाई राष्ट्रिय सहकारी बैंकद्वारा सम्मान
Nov 24, 2024

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको नयाँ कार्यसमितिलाई राष्ट्रिय सहकारी बैंकद्वारा सम्मान

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड ले कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । 

गत भदौ २८ गते सम्पन्न क्लबको सातौँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिलाई आइतबार पोखरामा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले क्लबका अध्यक्ष मोहन प्रसाद अधिकारी सहितका नयाँ समितिलाई सफल कार्यकालको शुभकामना सहित बधाई तथा सम्मान गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईँले सीएमसी कास्कीले कायम गरेको विरासत व्यावसायिक सहकारी विकासको मेरुदण्ड बन्नेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले सिएमसीसंगको सहकार्यमा सहकारी बैंकले विभिन्न तालीम, शिक्षा तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथि, बैंककको पोखरा शाखा समन्वय उपसमितिका पूर्व सल्लाहकार एवम् पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले सहकारी बैंकको वित्तीय सूचकाङ्क एवम् अन्य रिपोर्टहरूमा बैंक मजबुत बन्दै गएकोले बैङ्कसँग ढुक्कसँग कारोबार गरि संस्थाहरुले भरपुर फाइदा लिनपर्ने बताउनु भयो ।

क्लबका अध्यक्ष मोहन प्रसाद अधिकारीले बैंकले गरेको सम्मान प्रति आभार प्रकट गर्नुहुँदै सिएमसिले बैंकसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनु भयो ।
कार्यक्रममा सिएमसिका निवर्तमान अध्यक्ष अपिल कोइराला, संस्थापक अध्यक्ष मिलन ढकाल, पोखरा महानगर सहकारी समितिका सदस्य नारायण आचार्य, बैंकको गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डे लगायत सिएमसिका पदाधिकारी, सदस्य, एवम् सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैंकको पोखरा शाखाका कर्मचारी अनिरुद्र पाण्डेले स्वागत गर्नु भएको कार्यक्रमको संचालन शाखा प्रमुख रुक्मत श्रेष्ठले गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error