भरतपुरमा सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखलाई क्षमता अभिवृद्धि तालिम
Nov 21, 2024

भरतपुरमा सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखलाई क्षमता अभिवृद्धि तालिम

मंसिर ६, भरतपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड भरतपुर शाखा कार्यालयको आयोजनामा सञ्चालित दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” बुधबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत मंगलबार र बुधबार (दुई दिन ) सम्म सञ्चालन भएको तालिममा बैंकको भरतपुर शाखा कार्यालय अन्तर्गत रहेका स्तरीकरण कार्यक्रममा आबद्ध स्तर मापन भएका २३ वटा सहकारी संस्थाका ३७ जना अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैंकको भरतपुर शाखा कार्यालयका शाखा प्रमुख रामशरण सापकोटाको अध्यक्षतामा भएकोे समापन कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र बैंकको बागमती प्रदेश (उपत्यका बाहिर) प्रमुख एवम् तालिम प्रशिक्षक रामेश्वर अर्याल र बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमालले वितरण गर्नुभएको थियो ।

तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवं सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको बागमती प्रदेश (उपत्यका बाहिर) प्रमुख एवम् तालिम प्रशिक्षक रामेश्वर अर्याल र बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमालले सहजिकरण गर्नुभएको थियो ।

 कार्यक्रमको सञ्चालन भरतपुर शाखा कार्यालयका कर्मचारी सुजन रेग्मीले गुर्नभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.