सहकारीका लागि प्रचलित ऐन, कानुनमा संशोधनका लागि सुझाव संकलन गर्ने लघु गोष्ठी बाँकेमा सम्पन्न
Nov 19, 2024

सहकारीका लागि प्रचलित ऐन, कानुनमा संशोधनका लागि सुझाव संकलन गर्ने लघु गोष्ठी बाँकेमा सम्पन्न

मंसिर ३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कोहलपुर बाँकेको आयोजनामा सहकारीका लागि प्रचलित ऐन कानुनमा संशोधनका लागि सुझाव संकलन लघु गोष्ठी सोमबार शाखा कार्यालय कोहलपुरमा सम्पन्न भएको छ । 

राष्ट्रिय सहकारी बैँक लिमिटेडका सञ्चालक विजया धितालको अध्यक्षता भएको कार्यक्रममा  राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक प्रेम सुवेदीको प्रमुख आथित्यता रहेको थियो । लघु गोष्ठीमा लुम्बिनी प्रदेश कृषि सहकारी संघका सञ्चालक देव बहादुर ओली, जिल्ला सहकारी संघ ली. बाँकेका सञ्चालक जमान सिंह ओली, बचत तथा ऋण सहकारी संघ ली.बाँकेका सञ्चालक नारायणी ओली, लगायत सहकारी अभियानका १४ जना अगुवा व्यक्तिहरु, सहकारी संघ÷संस्थाका अध्यक्ष÷प्रमुख पदाधिकारी÷व्यवस्थापकहरुको सहभागिता रहेको शाखा प्रमुख अजय रोकायाले जानकारी दिनुभयो ।

गोष्ठी मार्फत सहभागीहरूले भोगेका समस्याहरू र अनुभवका आधारमा राज्यका धेरै कानुनहरूले सहकारी संस्थाहरुलाई नचिन्ने भएकाले सहकारीले विभिन्न व्यवसायहरू सञ्चालन गर्न अनुमति नपाउने, ब्राण्डिङ्ग, गुणस्तर चिन्ह, रेमिट्यान्स सञ्चालन गर्न अनुमति लगायत धेरै कानुनी बाधाहरू भएको र यस्ता ऐन कानुनहरूको आवश्यक संशोधन गराउनको लागि सुझावहरू पेस भए र सहकारी अभियानका छाता सङ्गठनहरूले यसमा पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।  

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र सम्बन्धित प्रदेश तथा पालिकाद्वारा जारी ऐन तथा नियमावलीहरू लगायत विभिन्न निर्देशानुसार सहकारीले विभिन्न व्यावसायिक कार्यहरू सञ्चालन गर्न सो कार्यसँग सम्बन्धित अन्य प्रचलित ऐन कानुनसमेत आकर्षित हुने र सोको पालना गर्दा सहकारी सञ्चालन वा सहकारीको व्यावसायिक गतिविधि सञ्चालनमा समस्या÷जटिलता उत्पन्न हुने गरेकाले कुन कुन ऐनमा के के कुरा संशोधन गर्न आवश्यक रहेको छ भन्ने विषयमा सुझाव संकलन गर्ने र सो सङ्कलित सुझावहरूलाई समेटी आवश्यक संशोधनको पहलकदमी कार्य अगाडी बढाउने उद्देश्यले ६८ वटै शाखाहरूमा सहकारीका लागि प्रचलित ऐन कानुनमा संशोधनका लागि सुझाव संकलन विषयक लघु गोष्ठीहरू सञ्चालन भई रहेका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.