कलंकी क्षेत्रका सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूलाई क्षमता अभिवृद्धि तालिम
Nov 14, 2024

कलंकी क्षेत्रका सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूलाई क्षमता अभिवृद्धि तालिम

कार्तिक २९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कलंकी शाखा कार्यालयको आयोजनामा सञ्चालित दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१र०८२ अन्तर्गत बुधवार र बिहीबार ९दुई दिन० सम्म सञ्चालन भएको तालिममा बैंकको कलंकी शाखा कार्यालय अन्तर्गत रहेका स्तरीकरण कार्यक्रममा आबद्ध स्तर मापन भएका २० वटा सहकारी संस्थाका ३४ जना अध्यक्ष र व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन सहित सहभागीहरूलाई प्रमाणपत्र बैंकका सञ्चालक केदार मानन्धरले वितरण गर्नुभएको थियो । तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको तालिम विभागका अधिकृतहरू राजकुमार बराल, किरण खत्री र सहकारी प्रशिक्षक अनिल वीर बज्राचार्यले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शाखा प्रमुख कला थपलियाले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.