भक्तपुरमा सञ्चालित सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Nov 13, 2024

भक्तपुरमा सञ्चालित सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सम्पन्न

कार्तिक २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सूर्यविनायक शाखा कार्यालयको आयोजनामा सञ्चालित दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत सोमबार र मङ्गलवार ९दुई दिन सम्म० सञ्चालन भएको तालिममा बैंकको सूर्यविनायक शाखा कार्यालय अन्तर्गत रहेका सहकारी संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन सहित सहभागीहरूलाई प्रमाणपत्र बैंकका सञ्चालक ध्रुवराज विष्टले वितरण गर्नुभएको थियो ।

तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको तालिम विभागका अधिकृतहरू राजकुमार बराल, किरण खत्री र सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईँले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन शाखा प्रमुख मुना के.सी.ले गर्नुभएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.