कार्तिक २८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौँडा शाखा कार्यालयको आयोजनामा दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” मङ्गलवार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत दुई दिन सम्म सञ्चालन भएको तालिममा शाखाको कार्यक्षेत्रमा रहेका १९ सहकारी संस्थाका ३५ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बाग्मती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष एवम् बैंकको हेटौँडा शाखा समन्वय उप–समितिका संयोजक नारायण प्रसाद देवकोटा, प्रदेश सहकारी संघ बाग्मतीका सञ्चालक रामहरि न्यौपाने, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष कल्पना श्रेष्ठ, बाग्मती प्रदेश प्रदेश कृषि सहकारी संघकी उपाध्यक्ष विमला कार्की, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, हेटौँडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिम प्रसाद पौडेल, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरका उपाध्यक्ष रेखा खतिवडा र हेटौँडा शाखा समन्वय उप–समितिका सदस्य हिमाल पौडेलको आतिथ्यता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको बैंकको हेटौँडा शाखाका प्रमुख एवम् बागमती प्रदेश प्रमुख (उपत्यका बाहेक) रामेश्वर अर्याल र स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
बैंकको हेटौँडा शाखाका प्रमुख एवम् बागमती प्रदेश प्रमुख (उपत्यका बाहेक) रामेश्वर अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक अधिकृत समीर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।