नाफाको दवावले सहकारीमा जोखिम बढ्यो:  रजिष्ट्रार रिजाल
Aug 4, 2024

नाफाको दवावले सहकारीमा जोखिम बढ्यो: रजिष्ट्रार रिजाल


पोखरा, १९ साउन । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले जसरी पनि नाफा बाड्नु पर्छ भन्ने दवावका कारण पनि धेरै सहकारीहरुमा जोखिम बढेको बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा शनिवार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यक्रममा बोल्दै रजिष्ट्रार रिजालले यस्तो बताउनु भएको हो । सहकारीको रकम अपचलन गर्नेहरुका कारण पहिलो चरणमा सहकारीहरु समस्यामा परे, बद्मासी गर्नेहरुले वचत फिर्ता नगरेका कारण सहकारीप्रतिको विश्वास कम हुदै जादा धेरै सहकारीमा समस्या सिर्जना भएको छ, रजिष्ट्रार रिजालले भन्नुभयो । 

बद्मासी गर्नेहरुको सहकारीमा समस्या आइसक्यो, अब जसरी पनि नाफा बाड्नु पर्छ भन्ने दवावमा काम गरेका सहकारीहरुमा समस्या आउन सक्ने भएकाले सचेत रहन उहाँले आव्हान गर्नु भयो । 

सहकारीमा जोखिम बढ्नुका धेरै कारण छन्, सञ्चालक कर्मचारीहरुले सहकारीको रकम अपचलन गर्ने, बदमासी गर्ने, निजी सम्पत्ती आर्जन गर्न सहकारीको रकम परिचालन गर्ने समस्या त आइ नै सक्यो, अबका दिनमा नाफामा बढी केन्द्रीत भएका सहकारीमा जोखिम बढ्दै गएको भन्दै उहाँले नाफा भन्दा वचतको सुरक्षामा ध्यान दिन सुझाव दिनुभयो । सहकारीहरुले सदस्यलाई जसरी पनि नाफा दिनु पर्छ भन्ने सोच राख्ने, सदस्यहरुले जसरी पनि नाफा बढी र ब्याज धेरै पाउनु पर्छ भन्ने सोच राखेका सहकारीहरुमा जोखिम बढ्दै गएकाले सञ्चालक र शेयर सदस्यहरुलाई सचेत भएर काम गर्न रजिष्ट्रार रिजालले आव्हान गर्नु भयो । प्रदेश अन्तरगतका सहकारीहरुको अनुगमनका क्रममा तानतुन गरेर नाफा बाडी हालौ भन्ने सञ्चालक, नाफा दिएपछि यो सहकारी राम्रो छ भन्ने शेयर सदस्य भएका संस्थाहरु पनि भेटिएका र त्यस्ता संस्थाको संस्थागत संरचना राम्रो नबन्ने, कोषहरु बलिया नहुने लगायतका जोखिम देखिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहकारी बैकको अवस्था र समसामयिक विषयमा सहजीकरण गर्दै बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य केशव प्रसाद सापकोटाले सहकारी क्षेत्रमा देखिएको वर्तमान समयको समस्या समाधानका लागि ठुलो शेयर, ठुलो वचत र ठुलो ऋण लगानीलाई नियन्त्रण गर्न सुझाव दिनु भएको छ । 

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवर, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  कार्यक्रम बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको अध्यक्षता, लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुलीको स्वागत र प्रदेश शाखा प्रमुख नरेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकको गत मंसिर ३० गते सम्पन्न २० औं वार्षिक साधारणसभामा घोषणा भएका विभिन्न विधाका सम्मान तथा पुरस्कारहरु वितरण गरिएको थियो । बैंकले संस्थापक अध्यक्ष राजेशहरि जोशीको स्मृतिमा स्थापना गरेको स्व.राजेशहरी जोशी संस्थापक अध्यक्ष सम्मान बैंकको पोखरा शाखा समन्वय उपसमितिका पूर्व संयोजक तथा पोखरा रोयल सहकारी संस्थाका संस्थापक अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङलाई मरणोपरान्त प्रदान गरिएको थियो । यस्तै गण्डकी प्र्रदेश स्तरीय पुरस्कार तर्फ वचत तथा ऋण विधामा विशाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की र अन्य विधामा मोदीखोला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मोदी पर्वतलाई पुरस्कृत गरिएको थियो । 

प्रदेश स्तरमा उत्कृष्ट हुने बिशाल वचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप पाठक र मोदीखोला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाले संस्थाको परिचय, योजना, कार्यक्रम र सदस्यसंगको सम्बन्ध लगायतका विषयमा प्रस्तुती गर्नु भएको थियो ।

  बैंकको शाखा कार्यालयमा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने एक एक वटा संस्थालाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो । 

शाखा स्तरमा पुरस्कृत हुने संस्थाहरु

पोखरा शाखा

उत्कृष्ट तर्फ

बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड 

नियमित तर्फ

शुभ सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेड

बागलुङ शाखा

उत्कृष्ट तर्फ

पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लि. म्याग्दी

नियमित तर्फ

सहज वचत तथा ऋण सहकारी संस्था लि. बागलुङ

वालिङ शाखा

उत्कृष्ट तर्फ

महालक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि.

नियमित तर्फ

उपकार वचत तथा ऋण सहकारी संस्था लि.

पुतली बजार शाखा

उत्कृष्ट तर्फ

सञ्जिवनी बहुउद्देश्यीय सहकारी संस्था लि.

नियमित तर्फ

नवरत्न वचत तथा ऋण सहकारी संस्था लि.

तालचोक शाखा

उत्कृष्ट तर्फ

रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्था लि.

नियमित तर्फ

बाटिका वचत तथा ऋण सहकारी संस्था लि.

दमौली शाखा

उत्कृष्ट तर्फ

भीमकुल वचत तथा ऋण सहकारी संस्था लि.

नियमित तर्फ

सत्यवती वचत तथा ऋण सहकारी संस्था लि.

कावासोती शाखा

उत्कृष्ट तर्फ उत्कृष्ट तर्फ

पौरखी वचत तथा ऋण सहकारी संस्था लि.

नियमित तर्फ

गौरीशंकर वचत तथा ऋण सहकारी संस्था लि.

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.