सुर्खेतमा धितो मूल्यांकन तथा असुली प्रक्रिया तालिम सम्पन्न
Sep 2, 2024

सुर्खेतमा धितो मूल्यांकन तथा असुली प्रक्रिया तालिम सम्पन्न

भाद्र १७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाले सञ्चालन एक दिवसीय धितो मूल्याङ्कन तथा असुली प्रक्रिया सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

सोमबार वीरेन्द्रनगर–६, सुर्खेत स्थित एक होटेलमा सञ्चालित तालिममा त्यस क्षेत्रको विभिन्न सहकारी संस्थाहरूबाट ३७ जनाको सहभागिता रहेको थियो ।  तालिम समापन कार्यक्रममा केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सञ्चालक चन्द्र थानीको प्रमुख आतिथ्यता तथा बैंकको कर्णाली प्रदेशका प्रमुख हिरालाल सुनारको अध्यक्षतामा भएको थियो । तालिमलाई बैंकको लुम्बिनी प्रदेशका प्रमुख नारायण बेल्वासेले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहकारी संस्थाले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, धितो जग्गाको अवस्था र नक्सामा कसरी जग्गाको क्षेत्रफल हेर्ने र जग्गाधनी पुर्जामा भएको क्षेत्रफलसँग भिडान गर्ने र सुरक्षित धितो, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

सहभागीहरूले तालिमको प्रभावकारीताका विषयमा सकारात्मक सुझाव दिएका थिए । आगामी दिनमा पुनः यस प्रकारको तालिम सञ्चालन गर्ने शाखा प्रमुख सागरनाथ योगीले जानकारी दिनु भयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.