राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा गोष्ठी शुरु
Aug 17, 2024

राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा गोष्ठी शुरु

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी समीक्षा गोष्ठी शनिवारदेखि होटेल मोनालिसा काठमाडौंमा शुरु भएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा गरी चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ समीक्षा गोष्ठी शुरु गरिएको बैंकले जनाएको छ ।

३ दिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा गोष्ठीको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले शुभारम्भ गर्नु भयो ।

कार्यक्रमको शुभारम्भ गर्दै उहाँले बैंकको रणनीतिक योजना अनुसार प्रतिफल प्राप्त गर्नका लागि प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको भूमिकालाई थप प्रभावकारी बनाउन गोष्ठी सफल हुने अपेक्षा व्यक्त गर्नु भयो ।

जोखिमलाई न्यूनीकरण गर्दै सदस्य सन्तुष्टिलाई ध्यान दिएर काम गर्न निर्देशन दिँदै प्रमुख कार्यकारी अधिकृत गुरागाईले सहकारी बैंकका सबल पक्षलाई आम सहकारी संघ संस्थामा पु¥याउने र देखिएका समस्याहरूलाई समयमै समाधान गरेर अगाडि बढ्न आग्रह गर्नु भयो ।

सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिका लागि भए पनि यसको प्रभाव सिङ्गो सहकारी अभियानको सफलता र असफलतासँग जोडिने भएकाले बैंकका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापन, प्रदेश प्रमुखहरू, शाखा प्रमुखहरू र सम्पूर्ण कर्मचारीहरूको अतिरिक्त सक्रियता र समन्वय गरेर सहकारीको साख बढाउन ध्यान दिनु पर्ने उहाँको भनाइ थियो । 

बैंकले बनाएको रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि विशेषतः शाखा प्रमुखहरूको भूमिका सबल हुनु पर्ने चर्चा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले गोष्ठीमा ६८ वटै शाखाको समग्र समीक्षा गरी आगामी दिनमा गर्नु पर्ने कामका बारेमा प्रभावकारी योजना निर्माण गरिने बताउनुभयो । उहाँले बैंकले विगतमा दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव, समन्वय र सहकार्यमा जोड दिएर अघि बढ्ने बताउनु भयो ।

गोष्ठीमा बैंकका उच्च व्यवस्थापन,  प्रदेश प्रमुखहरू, ६८ वटै शाखाका प्रमुखहरू सहितको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले गर्नु भएको थियो । समीक्षा गोष्ठी भाद्र ३ गते सम्म सञ्चालन हुने छ ।

सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३२८ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.