सिन्धुली जिल्लाका सहकारी संघ/संस्थाका व्यवस्थापहरुलाई क्षमता विकास तालिम
Apr 25, 2024

सिन्धुली जिल्लाका सहकारी संघ/संस्थाका व्यवस्थापहरुलाई क्षमता विकास तालिम

ललितपुर, १३ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड सिन्धुली शाखाले सिन्धुली माडीमा सञ्चालन गरेको दुई दिवसीय क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा सिन्धुली जिल्लाका विभिन्न सहकारी संघ संस्थाहरूबाट ३९ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकको सिन्धुली शाखाका प्रमुख मिनिता पौडेलले जानकारी दिनभयो ।

सिन्धुली शाखाका प्रमुख मिनिता पौडेलको सञ्चालन तथा हेटौँडा शाखा तथा बागमती प्रदेश प्रमुख (उपत्यका बाहेक) रामेश्वर अर्यालको स्वागतमा भएको तालिमलाई मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले सहकारीको सिद्धान्त र आधारभूत मूल्य मान्यता, सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दीगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगायतका विभिन्न ८ वटा विषयमा दुई दिनसम्म सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.