अवाञ्छित क्रियाकलापमा संलग्न जो कसैलाई पनि कानुनी कारबाही हुन्छः गृहमन्त्री लामिछाने
Jun 30, 2024

अवाञ्छित क्रियाकलापमा संलग्न जो कसैलाई पनि कानुनी कारबाही हुन्छः गृहमन्त्री लामिछाने

ललितपुर । सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताउनु भएको छ । आइतबार नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग छलफलको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनु भयो । साथै उहाँले सहकारी अभियानको माग सम्बन्धमा  आवश्यक अध्ययन गरी गृह मन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिनुभयो ।

उक्त क्रममा सहकारी अभियानको तर्फबाट महासंघका अध्यक्ष मल्लले सहकारी संघ÷संस्थाको ऋण असुली तथा धितो लिलाम प्रक्रियामा अराजक समूहले अवरोध पु–याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो । साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रक्रियामा अवरोध सिर्जना लगायतका कार्यले सहकारी संघ/संस्थाको चालु आर्थिक वर्षको खाता वन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि  गृह मन्त्रालयबाट परिपत्र गरी दिन माग राख्नुभएको थियो ।

महासंघका निवर्तमान अध्यक्ष एवम् बैंकका सल्लाहकार मीनराज कँडेलले सहकारी संघ÷संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष डी.वि. बस्नेत, सञ्चालक काशीचन्द्र बराल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहांग सुब्बाको सहभागिता रहेको थियो भने छलफलमा क्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी क्षेत्रको समस्या समाधानका लागि गर्नुपर्ने विषयमा कुरा राख्नुभएको थियो ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.