प्रथम सहकारी रोजगार मेला-२०८१ सम्पन्न, ३ हजार बढीद्वारा अवलोकन, २ सय बढीलाई करियर काउन्सिलिङ
Jun 22, 2024

प्रथम सहकारी रोजगार मेला-२०८१ सम्पन्न, ३ हजार बढीद्वारा अवलोकन, २ सय बढीलाई करियर काउन्सिलिङ

असार ९, ललितपुर । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजनामा शुक्रवार देखि सुरु भएको प्रथम सहकारी रोजगार मेला-२०८१ सम्पन्न भएको छ ।
असार ७,८ र ९ गते (तीन दिन) सम्म पुल्चोक स्थित महासंघ परिसरमा सञ्चालित मेलामा ३ हजार बढीले अवलोकन गरेका छन् । मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का विज्ञद्वारा करिब २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड समेत सह–आयोजक रहेको मेलाको आइतबार समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारीमार्फत भएको परिवर्तनलाई  हेर्नुपर्ने भन्दै केही व्यक्तिहरूले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराउनु भयो । सहकारीले किसानको उत्पादन बिक्री गर्ने वातावरण तय गरेको समेत बताउनु भयो ।

सहकारीले आर्थिक रूपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ । उनीहरूले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ, उहाँले भन्नुभयो । सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको उल्लेख गर्नु भयो ।
आयोजक राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने सहआयोजक, सहयोगी तथा प्रदर्शनी गर्ने संघ संस्था तथा निकायहरू व्यवस्थापकीय कर्मचारीहरू सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका नि(वर्तमान मुख्यमन्त्री तथा प्रदेश सांसद खगराज अधिकारी, पूर्व मन्त्री तथा महांघका पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल एवम्  दीपक प्रकाश वास्कोटाले सहकारी रोजगार मेलाले सहकारी संघ संस्थाहरु तल्लो तहमा रहेर उत्पादन, प्रशोधन र बजारीकरणमा लागेर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी श्रृजनामा काम गर्दै महत्वपूर्ण योगदान पुर्‍याएको कुरा चरितार्थ भएको बताउनु भएको थियो । 

युवाहरू अवसर र रोजगारीको खोजीमा विदेशी जाने क्रम बढ्दै गइरहेको अवस्थामा नेपालको सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर राम्रो छ भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.