सुर्खेतमा सहकारीका अध्यक्षहरूको लागि सञ्चालित क्षमता विकास तालिम सम्पन्न
Jun 14, 2024

सुर्खेतमा सहकारीका अध्यक्षहरूको लागि सञ्चालित क्षमता विकास तालिम सम्पन्न

जेठ ३२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम शुक्रवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहीबार र शुक्रवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३१ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संस्थामा अध्यक्षहरूलाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंकका निवर्तमान सञ्चालक हरिहरनाथ योगीले तालिमले आफ्नो सहकारी संस्थाको भावी कार्य योजना तथा संस्था सुपरिवेक्षणमा सहयोग पुग्ने बताउनु भयो । अहिलेको परिवेशमा अध्यक्षको मात्र पद भन्दा पनि संस्थाको बारेमा जानकारी लिनु पर्ने अन्यथा त्यसमा हुने जोखिमले समस्या निम्त्याउने हुँदा सजक र जानकारी समेत हुन यस विषयको तालिम आवश्यकता भएको उल्लेख गर्नुभयो । 

बैंकका सञ्चालक एवम् कर्णाली प्रदेशका संयोजक काली बहादुर महतराले सहकारी संस्थाहरु सञ्चालनको क्रममा सञ्चालक समिति, कर्मचारी र सदस्यहरू भनेको संस्थाको मेरुदण्ड भएको बताउनु भयो । ‘यी तीन मेरुदण्डहरू जहाँ नियमसँग तथा प्रभावकारी ढङ्गबाट चलायमान हुन्छन्, या भएका छन्, ती सहकारी संस्थाहरुमा कुनै समस्या छैनन्, संस्थाको नीति विधिमा आधारित भएर संस्था चलाउने, सुशासनलाई मुख्य आधार लिनुपर्छ यसो गर्नाले हामीले काम गरेको नेतृत्व गरेको संस्था बलियो हुन्छ भन्ने कुरामा विशेष जोड दिनुभयो । 

तालिममा सहकारी परिचय, सिद्धान्त, सहकारी संस्थाहरुको कार्य योजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभूत वित्तीय साक्षरता ज्ञान एवं सदस्यलाई वित्तीय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन, नियमावली,  आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तीय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक र अध्यक्षको भूमिका लगायतको विषयमा बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमालले सहजीकरण गर्नुभएको थियो ।

बैंकको सञ्चालक कर्णाली प्रदेशका प्रमुख हिरालाल सुनारको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन शाखा प्रमुख सागरनाथ योगिले गर्नुभएको थियो ।  

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.