हेटौंडामा सहकारीका व्यवस्थापकहरुकोे लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jun 13, 2024

हेटौंडामा सहकारीका व्यवस्थापकहरुकोे लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न

जेठ ३०, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडा शाखाको आयोजनामा सञ्चालन भएको दुई दिवसीय सहकारी संस्थाका “व्यवस्थापकहरूको क्षमता विकास तालिम” बुधबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा मकवानपुर जिल्लाका ३७ वटा सहकारी संस्थाका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्यको अध्यक्षता तथा संचालक ध्रुवराज विष्टको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो । कार्यक्रममा बैंकको हेटौंडा शाखा समन्वय उपसमितिका सदस्य हरि प्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख हेम प्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको तालिलमा सहकारी प्रशिक्षक तेज प्रसाद बजगाई र बैंकको हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले सहकारीको वर्तमान अवस्था र यसमा सहकारीका व्यवस्थापकले चाल्नु पर्ने कदमहरू, सहकारीका व्यवस्थापकको निरन्तर वृद्धि विकासको आवश्यकता र श्रोतहरू, जोखिममा परेका ऋणहरूको उचित व्यवस्थापन, सहकारी संस्थामा उपलब्ध श्रोत तथा साधनको न्यायिक प्रयोग तथा व्यवस्थापन लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.