सहकारी संस्थाका व्यवस्थापकलाई सम्पत्ती तथा दायित्व व्यवस्थापन तालिम
Jun 13, 2024

सहकारी संस्थाका व्यवस्थापकलाई सम्पत्ती तथा दायित्व व्यवस्थापन तालिम

जेठ ३०, ललितपुर । को–अपरेटिभ म्यानेजर्स क्लब बागलुङको आयोजना र राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको प्राविधिक सहयोगमा सहकारी संस्थाका व्यवस्थापकहरूका लागि सम्पत्ती तथा दायित्व व्यवस्थापन एवम् ऋण असुली प्रक्रिया सम्बन्धी एक दिने तालिम बुधबार सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक एवम् लेखा र ऋण हेर्ने कर्मचारीहरूको सहभागिता रहेको तालिमको उद्घाटन बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्मा पौडेलले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीप्रति नकारात्मक धारणा पैदा गर्नेहरूका विरुद्ध सहकारी अभियानले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले मन्तव्य व्यक्त गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सीनाले सहजीकरण गर्नु भएको तालिम क्लबका अध्यक्ष नवराज शर्माको अध्यक्षता, उपाध्यक्ष दीपकराज सापकोटाको स्वागत र सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.