बुटवलमा सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jun 11, 2024

बुटवलमा सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

जेठ २९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाको आयोजनामा सञ्चालित सहकारीका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तामिल सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३९ जना सहकारीका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको समापन समारोह बैंकको बुटवल शाखा समन्वय उपसमितिका संयोजक भीम प्रसाद तुलाचनको अध्यक्षता तथा बैंकका सञ्चालक विजया धितालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा सहभागीको तर्फबाट मन्तव्य राख्दै जिल्ला सहकारी संघ रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालीले तालिम निकै फलदायी भएको बताउँदै आगामी दिनहरुमा बैंकले क्षमता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गरोस् भन्ने अपेक्षा रहेको बताउनु भयो ।

तालिम कार्यक्रमलाई पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ र बैंकको बुटवल शाखाका प्रमुख एवम् लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्बासेले प्रारम्भिक सहकारीको अवधारणा ऐतिहासिक पृष्ठभूमि र सहकारीको सिद्धान्त, प्रभावकारी ऋण व्यवस्थापन ,व्यवस्थापकको कार्य र व्यवस्थापन प्रतिवेदन, पल्स अनुगमन प्रणाली , रणनीतिक सोच, मानव संसाधन ब्यस्थापन र सहकारीमा  कानुनको परीपालना लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.