सहकारी बैंकको प्राविधिक सहयोगमा बागलुङ जिल्ला बचत संघको पाँच वर्षीय ‘रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी’ सम्पन्न
Jun 12, 2024

सहकारी बैंकको प्राविधिक सहयोगमा बागलुङ जिल्ला बचत संघको पाँच वर्षीय ‘रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी’ सम्पन्न

ललितपुर । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड को पाँच वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

जेठ २८ र २९ गते सञ्चालन भएको गोष्ठीमा संस्थाका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, सबै उपसमितिहरु र कर्मचारीको सहभागिता रहेको थियो । आगामी पाँच वर्षमा संघलाई कुन स्थानमा पु¥याउने र के कस्ता काम गर्ने भन्ने विषयमा छलफल भएको संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताउनु भयो । उक्त रणनीतिक व्यवसायीक योजना कार्यान्वयन गर्न सम्पूर्ण सञ्चालक समिति उपसमिति र कर्मचारीहरूको अहम् भूमिका हुने उल्लेख गर्नुभयो ।

 संघले आर्थिक वर्ष २०८५/०८६ सम्म वासलात  ३५ करोड पु¥याउने लक्ष्य लिएको संघले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालन भएको गोष्ठीमा संघका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष गणेश बहादुर खत्रीको स्वागत तथा सचिव अर्जुन कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

रणनीतिक व्यावसायिक योजना निर्माणको सहजीकरण राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो 


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.