न्यूरोड क्षेत्रका सहकारीकर्मीलाई जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम
Jun 7, 2024

न्यूरोड क्षेत्रका सहकारीकर्मीलाई जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम

जेठ २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड न्यूरोड शाखाको आयोजनामा एक दिवसीय जाली नोट पहिचान तथा हस्ताक्षर जाँच विषयक तालिम बिहीबार सम्पन्न भएको छ । बैंकको न्यूरोड शाखा कार्यक्षेत्रका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगद सँग सम्बन्धित कारोबार गर्ने कर्मचारीहरूलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पु¥याउनुको साथै वित्तीय कारोबारलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।

तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढेकोले त्यसबाट सचेत रहन र आफ्नो संस्थालाई सुरक्षित र जोखिम रहित बनाउन पनि तालिमले सहयोग पुग्ने बताउनु भयो ।

तालिमको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नास्टका वरिष्ठ वैज्ञानिक मुकुल प्रधानले जाली नोट पहिचान तथा हस्ताक्षर जाँचको विषयमा सहजीकरण गर्दै नेपाल राष्ट्रबैंक ऐन–२०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा ३ वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था रहेको जानकारी दिनु भयो ।

काठमाण्डौं महानगरपालिकाको विभिन्न क्षेत्रमा रहेका ३० वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीको सहभागिता रहेको बैंकको न्यूरोड शाखाका प्रमुख रमा घिमिरे बताउनु भयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.