चितवनमा सहकारीका अध्यक्षहरुकोे क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jun 7, 2024

चितवनमा सहकारीका अध्यक्षहरुकोे क्षमता अभिवृद्धि तालिम सम्पन्न

जेठ २४, भरतपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड भरतपुर शाखाको आयोजनामा सञ्चालन भएको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा चितवन जिल्लाका २८ वटा सहकारी संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

तालिमलाई सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईँले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, पदीय भूमिका, सहकारी सम्बन्धी कानुनी परिपालना र प्रयोग, संस्था सञ्चालन गर्दा ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न अपनाउनुपर्ने पक्षहरू आदीका बारेमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भीष्म प्रसाद खनालको आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर शाखाका कर्मचारी सुजन रेग्मीको सञ्चालनमा भएको कार्यक्रमलाई शाखा प्रमुख रामशरण सापकोटाले समापन गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.