स्याङ्जाको पुतलीबजार क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम
Jun 4, 2024

स्याङ्जाको पुतलीबजार क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम

जेठ २२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखा कार्यालयले आयोजना गरेको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सीले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै सञ्चालक जि.सीले सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी हुनु उल्लेख गर्दै तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक अनिलवीर बज्राचार्यले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले दैनिक प्रशासन सञ्चालनदेखि ऐन, नियमको कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने अध्यक्षलाई यस्ता विषयहरूमा जानकारी हुनुपर्नेमा जोड थियो ।

कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरूले तालिम पश्चात् संस्थालाई थप उचाइमा लैजान र संस्थामा नेतृत्वदायी भूमिका खेल्न तालिम सहयोगी भएको बताएका छन् । बैंकको पुतलीबजार शाखाका कर्मचारी फणीनारायण कोइरालाको स्वागत तथा शाखाका प्रमुख पुष्पा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.