सहकारी बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
Jun 5, 2024

सहकारी बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

जेठ २३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले विश्व वातावरण दिवसको अवसरमा ‘वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ ।
“हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नारासहित बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर–९, स्थित आशा पुर्णेश्वर महादेव मन्दिरको प्राङ्गणमा विभिन्न प्रजातिको फलफूलका बिरुवाहरू वृक्षारोपण गरिएको थियो । 
वातावरणलाई स्वच्छ र हराभराका साथै खाली जमिनलाई व्यवस्थित गर्नका लागि ६ वटा अशोका, २ वटा एभोकार्डो, ५ वटा अम्बा, ३ वटा आँप, ३ वटा लिची, २ वटा वेल, ६ वटा बेगमवेली, २ वटा विल्डिङ हट, २ वटा आँक लगाएतका विरूवा रोपिएको सहकारी बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो । 
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी ९अञ्जु० ले सहकारीको सामुदायिक उत्तरदायित्व अन्तरगत रचनात्मक, सिर्जनात्मक र सन्देशमुलक गतिविधिहरु निरन्तर गर्नु पर्नेमा जोड दिनुभयो ।  
नेफ्स्कुनका निवर्तमान सञ्चालक तथा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डी प्रसाद शर्माले पर्यावरणलाई जोगाउनका लागि वृक्षारोण कार्यक्रम सन्देशका रुपमा रहने बताउनु भयो । 
वृक्षारोपण कार्यक्रममा जिल्ला कृषि सहकारी संघका सचिव गंगा बहादुर थापा, सहकारी बैंक शाखा समन्वय उपसमितिका सदस्य कृष्ण प्रसाद पौडेल ९कुमार० लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रम राष्ट्रिय सहकारी बैंक शाखा समन्वय उपसमितिका संयोजक ध्रुव प्रसाद शर्माको अध्यक्षता, सञ्चालक राम बहादुर जिसीको स्वागत तथा शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।  
सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो। त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.