सहकारी बैंकको पूर्व सदस्यता अभिमुखीकरण कार्यक्रम तालचोकमा सम्पन्न
Jun 4, 2024

सहकारी बैंकको पूर्व सदस्यता अभिमुखीकरण कार्यक्रम तालचोकमा सम्पन्न

जेठ २२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाको आयोजनामा एक दिवसीय “पूर्व सदस्यता अभिमुखीकरण कार्यक्रम” मंगलबार सम्पन्न भएको छ ।

बैंकको तालचोक शाखा कार्यालयको कार्यक्षेत्रमा सम्भावित सदस्य संस्थाहरुलाई लक्षित गरि सञ्चालन गरिएको तालिममा बैंकले सञ्चालन गरेको वित्तीय तथा गैर–वित्तीय सेवा तथा सुविधाको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एवम् बैंकको लेखा सुपरिवेक्षण समितिको सदस्य चन्द्रकुमारी पराजुलिले सहकारी बैंकले सहकारी संघ÷संस्थाहरुको विकास र प्रवर्द्धनको लागि “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने नारा सहित अघि बढेको बताउनु भयो । उहाँले सहकारी बैंकले वित्तीय सेवासँगै सहकारी क्षेत्रको बृहत्तर विकासको लागि बहस पैरवी, शिक्षा तालिम तथा स्तरीकरण कार्यक्रम सञ्चालन, बस्तु तथा सेवाको विविधीकरण, जोखिम व्यवस्थापन र नवीनतम सूचना प्रविधि तथा प्राविधिक सेवा मार्फत अघि बढेको उल्लेख गर्दै बैंकमा आबद्ध भएर सेवा उपभोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बैंकको पोखरा शाखाका प्रमुख अमृत श्रेष्ठले बैंकको सेवा तथा सुविधाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । बैंकको तालचोक शाखाका प्रमुख पूर्णिमा पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्षेत्रभित्रका विभिन्न सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.