स्याङ्जामा सहकारीका अध्यक्षहरूको लागि क्षमता विकास तालिम सञ्चालन
Jun 3, 2024

स्याङ्जामा सहकारीका अध्यक्षहरूको लागि क्षमता विकास तालिम सञ्चालन


जेठ २१, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शनिवार र आइतबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ५० वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संस्थामा अध्यक्षहरूलाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सीले सहकारी संस्थाहरु सञ्चालनको क्रममा सञ्चालक समिति, कर्मचारी र सदस्यहरू भनेको संस्थाको मेरुदण्ड भएको बताउनु भयो । ‘यी तीन मेरुदण्डहरू जहाँ नियमसँग तथा प्रभावकारी ढङ्गबाट चलायमान हुन्छन्, या भएका छन्, ती सहकारी संस्थाहरुमा कुनै समस्या छैनन्, संस्थाको नीति विधिमा आधारित भएर संस्था चलाउने, सुशासनलाई मुख्य आधार लिनुपर्छ यसो गर्नाले हामीले काम गरेको नेतृत्व गरेको संस्था बलियो हुन्छ भन्ने कुरामा विशेष जोड दिनुभयो ।

बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलीले तालिमले संस्थाका अध्यक्षहरूको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका सदस्य उमेश दर्लामी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निताकुमारी बगाले लगायतले कार्यक्रममा बोल्दै तालिम निकै प्रभावकारी रहेको उल्लेख गर्दै संस्था सञ्चालन गर्न तालिमले थप टेवा पुगेको बताएका छन् ।

तालिममा सहकारी परिचय, सिद्धान्त, सहकारी संस्थाहरुको कार्य योजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभूत वित्तीय साक्षरता ज्ञान एवं सदस्यलाई वित्तीय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन, नियमावली,  आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तीय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालकर अध्यक्षको भूमिका लगायतको विषयमा सहकारी प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो ।

बैंकको सञ्चालक एवं गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सीको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन शाखा प्रमुख टिकाराम अधिकारीले गर्नुभएको थियो ।  

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.