वीरगन्जमा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
Jun 2, 2024

वीरगन्जमा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न


जेठ २०, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड वीरगन्ज शाखाले सञ्चालन गरेको २ दिने सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा विभिन्न सहकारी संघ संस्थाहरूका ४९ अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारीमा अध्यक्षहरूलाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले बताउनु भयो ।

कार्यक्रमको शुक्रवार राष्ट्रिय सहकारी महासंघका सञ्चालक शम्भु प्रसाद गुप्ताले गर्नुभएको थियो, भने समापन जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बरालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बैंकको वीरगन्ज शाखाका प्रमुख सञ्जयकुमार महतोले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.