कास्कीमा सहकारीका कोषाध्यक्षहरुको क्षमता विकास तालिम सम्पन्न
Jun 1, 2024

कास्कीमा सहकारीका कोषाध्यक्षहरुको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, १९ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, कास्कीको व्यवस्थापनमा २ दिने सहकारीका  कोषाध्यक्षको क्षमता विकास तालिम शनिवार पोखरामा सम्पन्न भएको छ ।

सहकारीमा सहकारीको सिद्धान्तहरूको व्यवहारिक प्रयोग, संस्थागत संरचना, संस्था सञ्चालन प्रक्रिया, कोषाध्यक्षको काम र कर्तव्य, वित्तीय, व्यवस्थापनसँग सम्बन्धित कार्यविधि, नीतिगत व्यवस्था, योजना तथा बजेट निर्माण र समीक्षा, लेखापाल सम्बन्धी आधारभूत ज्ञान, सिप र लेखा नियन्त्रण, स्रोतको लागत तथा प्रतिफल विश्लेषण, श्रोत व्यवस्थापन रणनीति तय, वित्तीय विश्लेषण वा वासलात विश्लेषण, लेखा परीक्षण प्रतिवेदन अध्ययन र विश्लेषण, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलीको अध्यक्षता तथा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भेषराज रिजालको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै रजिस्ट्रार रिजालले सहकारी मार्फत सदस्यहरूको आर्थिक, सामाजिक जीवनस्तर थप प्रभावकारी बनाउनका लागि सहकारीको मूल्य, मान्यता र सिद्धान्त तथा ऐन कानुनको अक्षरशः परिपालना गर्नुपर्ने बताउनु भयो । सहकारीको प्रवर्द्धन र विकासको लागि बैंकको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै सहकारी संघ/संस्थाहरुको सुशासन कायम गरी आफ्नो संस्थालाई दिगो, भरपर्दो र नितिसङगत सुशासनमा रहन बैंकले सञ्चालन गरेको कोषाध्यक्षको क्षमता विकास तालिमबाट सहयोग पुग्नेमा जोड दिनुभयो । 

बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुलीले सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सहकारीको मर्म, मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी सहकारी संस्था सञ्चालन गर्दा संस्थागत सुशासनको पाटो बलियो रहने  साथै बैंक र सहकारी  बिच मुटु र धड्कन जस्तो  सम्बन्ध  रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्ष शेर बहादुर कार्कीले आफ्नो संस्था सुशासन भए अरूलाई पनि बनाउन सकिने बताउँदै सबै संस्थालाई ढुक्क भएर राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पूर्ण  कारोबार गर्न र बैंकले प्रदान गर्ने सबै सेवा लिन आग्रह गर्नु भयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरा शाखाका प्रमुख अमृत श्रेष्ठले तालिमको उद्देश्यबारे प्रकाश पार्दै तालिमले आ–आफ्नो संस्थामा कोषाध्यक्षले गर्नु पर्ने काम, कर्तव्य र जिम्मेवारी बुझी संस्थामा पूर्ण लागू गर्दै संस्था दिगो र भरपर्दो बनाउन सक्नुपर्ने कुरामा जोड दिनु भयो ।

तालिममा सहभागीहरूको तर्फबाट बोल्दै र सहभगीहरुले तालिम एकदमै फलदायी भएको र यस्तो तालिम सदैव सञ्चालन गरिरहनु पर्ने बताउनु भयो । तालिमको सहजीकरण विशाल सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले गर्नुभएको थियो ।

कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव मीनराज तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष ईश्वर प्रसाद सुबेदीले गर्नु भएको थियो । कार्यक्रममा कास्की जिल्ला भित्रका बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीहरूको उल्लेख्य सहभागी रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.