सिरहामा सहकारीका सञ्चालकहरूको लागी सञ्चालन सञ्चालित क्षमता विकास तालिम सम्पन्न
May 29, 2024

सिरहामा सहकारीका सञ्चालकहरूको लागी सञ्चालन सञ्चालित क्षमता विकास तालिम सम्पन्न

ललितपुर, १५ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाले सिरहाको लहान स्थित होटल माखनभोगमा सहकारी संघ संस्थाहरूका सञ्चालकहरूका लागी सञ्चालन गरेको दुई दिवसीय “सञ्चालकको क्षमता विकास तालिम” सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा जेठ १२ र १३ गते सञ्चालन गरिएको तालिममा उदयपुर, सप्तरी र सिरहा जिल्लाका लहान, धन गढीमाई, सुखी पुर,गोल बजार, मिर्चैया, सिरहा नगरपालिका लगायत  विभिन्न क्षेत्रका सहकारी संघ संस्थाहरूबाट ४५ जना को सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा सञ्चालकहरूको क्षमता अभिवृद्धि गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकको लहान शाखा समन्वय उप–समितिका संयोजक सञ्जय कुमार महतोको अध्यक्षतामा तालिमको शुभारम्भ भएको तथा उक्त कार्यक्रमको प्रमुख अतथ्यता बैंकको सञ्चालक श्री विश्वनाथ मण्डल र बैंकको केन्द्रीय व्यवसाय प्रवर्द्धन, एकीकरण तथा स्तरीकरण उप समितिका सदस्य श्री पञ्चलाल महतो, शाखा समन्वय उप–समितिका सदस्य फुलेश्वर महतो, तथा जिल्ला सहकारी संघका उपाध्यक्ष हरि नारायण यादवको अतथ्यता तालिमको उद्घाटन तथा समापन कार्यक्रम भएको थियो।

समापन समारोहमा बोल्दै बैंकका सञ्चालक विश्वनाथ मण्डलले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको हुँदा सबल सहकारी निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

बैंकको लहान शाखा समन्वय उप–समितिका संयोजक सञ्जय कुमार महतोले तालिममा सिकेको, बुझेका ज्ञानहरूलाई व्यवहारमा उतारेर आ–आफ्नो संघ संस्थाहरुमा लागु गरी संस्थालाई उत्कृष्ट बनाउन तर्फ लाग्न सम्पूर्ण सहभागीहरूलाई अनुरोध गर्नु भयो । 

कार्यक्रमका सहभागीहरूले बैंकद्वारा सञ्चालन गरिएको सञ्चालकको क्षमता अभिवृद्धि तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको तथा बैंकले गरेको यस किसिमको घरदैलो तालिमले सहकारी संस्थाहरुलाई सबलीकरण हुन सहयोग पुगेको बताएका छन् । उनीहरूले दुई दिनको तालिमबाट नयाँ सिकाई भएको उल्लेख गर्दै तालिमले संस्था व्यवस्थापनको लागि महत्त्वपूर्ण सहयोग पुगेको बताएका छन् । 

बैंकको लहान शाखाका प्रमुख राहुल झाले तालिममा उपस्थित सम्पूर्ण सहभागहिरुलाई स्वागत गर्दै सहकारीका दिगो विकास र सदस्य वित्तीय साक्षरता कार्यक्रमका लागी सहकारी बैंक सदैव तत्पर रहेको र सदस्यहरूको हरेक समस्यामा बैंक साथ दिने समेत प्रतिबद्धता दिनुभएको थियो । कार्यक्रमका सहभागीहरूले हाम्रो चाहाना पुरा भएको भन्दै बैंक र प्रशिक्षक लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन।सि।बि।एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ,संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.