महोत्तरी र धनुषाका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
May 25, 2024

महोत्तरी र धनुषाका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

ललितपुर, १३ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेड जनकपुर शाखा कार्यालयद्वारा सहकारी संघ संस्थाका व्यवस्थापकहरूको लागि आयोजना गरेको दुई दिवसीय “क्षमता विकास तालिम” शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा बैंकको जनकपुर शाखामा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिम समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक नथुनी यादव रहनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै सञ्चालक यादवले सबै सहकारीहरू संस्थाहरुले सहकारी ऐन, नियम र कानुनको परिधि भित्र रहेर कार्य गरेमा मात्र संस्था सबल र दिगो हुने बताउनु भयो ।

बैंकका सञ्चालक एवम् मधेस प्रदेश संयोजक विश्वनाथ मण्डलले सहकारी संस्था नाफामुखी भन्दा पनि सदस्य मैत्री हुनुपर्नेमा जोड दिँदै अहिले सहकारीको ऋण असुली चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा यस किसिमका तालिमले व्यवस्थापकहरूले सामना गरिरहेका कानुनी तथा व्यवहारिक पाटोमा सघाउ पु¥याउने र उनीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नु भयो । तालिमले प्रशिक्षक र प्रशिक्षार्थीको ज्ञान, र अनुभवको आदानप्रदान हुने भएकोले व्यवस्थापकको वृत्ति विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जनकपुर शाखा समन्वय उपसमितिका संयोजक राम नगिना राउतले सहकारी बैंकद्धारा सञ्चालित यस तालिमले सहकारीमा क्षेत्रमा देखिएको अविश्वासको वातावरणलाई न्यूनीकरण गर्न सहयोग पुग्नुको साथै सहकारीका व्यवस्थापकलाई जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने भएकोले व्यवस्थापकको क्षमता अभिवृद्धि नगरी उक्त लक्ष्य हासिल गर्न नसकिने बताउनुभएको थियो । 

तालिमलाई मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले सहकारीको सिद्धान्त र आधारभूत मूल्य मान्यता, सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दिगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगायतका विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकको मधेस प्रदेश प्रमुख विष्णुप्रसाद पराजुलीको सञ्चालन तथा शाखा प्रमुख विनोद चुडालको स्वागतमा भएको कार्यक्रममा महोत्तरी र धनुषा जिल्लाका विभिन्न सहकारी संस्थाहरूबाट ४० जना व्यवस्थापकहरूको सहभागिता थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.