दाङमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न
May 22, 2024

दाङमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न

जेठ ८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड तुलसीपुर शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिवसीय “क्षमता विकास तालिम” मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३८ वटा सहकारी संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक सहकारी संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, सहकारी ऐन, नियम, सिद्धान्त, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले  गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै गौतमले हाल सञ्चालनमा रहेका सहकारी संस्थाहरु सहकारी ऐन, नियम, नियमावली तथा सहकारी मापदण्ड अनुसार चल्नु पर्नेमा जोड दिनु भयो । उहाँले ऐन नियममा नचल्नाले हाल देशभरका केही सहकारीमा संस्थाहरुमा समस्या देखिएको भन्दै सबैलाई एउटै हो भनेर दाँज्न नमिल्ने बताउनु भयो । उहाँले तालिममा सिकेको ज्ञान र सिप लाई सहकारी संस्था र सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको मंगलबार समापन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धितालले सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका महत्वपूर्ण हुनु पर्ने बताउनु भयो । उहाँले संस्थाका सञ्चालकले सहकारीको नीति नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्नुभयो ।

तुलसीपुर उपमहा नगरपालिका सहकारी विभागका प्रमुख ललित बहादुर घर्तीले सहकारी ऐन तथा निर्देशन बमोजिम अनिवार्य रूपमा कोपोमिस प्रणाली लाई व्यवस्थित गर्नुपर्ने र सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नु भयो ।  

तालिमलाई बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमालले प्रारम्भिक सहकारीको अवधारणा ऐतिहासिक पृष्ठभूमि र सहकारीको सिद्धान्त, प्रभावकारी ऋण व्यवस्थापन ,व्यवस्थापकको कार्य र व्यवस्थापन प्रतिवेदन, पल्स अनुगमन प्रणाली , रणनीतिक सोच, मानव संसाधन ब्यस्थापन र सहकारीमा  कानुनको परीपलनाकाका विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा बैंकको तुलसीपुर शाखाका प्रमुख अजय रोकाया को स्वागत मन्तव्य राख्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.