गुल्मीमा सहकारीका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 20, 2024

गुल्मीमा सहकारीका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

जेठ ७, ललितपुर ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड गुल्मीको समन्वयमामा २ दिवसीय व्यवस्थापकको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

तालिम कार्यक्रमको समापन समारोह जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर कुँवरको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ गुल्मका अध्यक्ष श्याम पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त तालिममा ४४ वटा सहकारी संस्थाका ४४ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो । तालिमको समापनमा युनाडेड बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महेश पन्थीले तालिम निकै प्रभावकारी भएको बताउँदै बैंकले सदस्य संस्थाको क्षमता अभिवृद्धिको लागि निरन्तर तालिम सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । तालिम कार्यक्रम बैकका लुम्बिनी प्रदेश तथा बुटवल शाखा प्रमुख नारायण बेल्वासेको सहजिकरणमा सम्पन्न भएको थियो भने, कार्यक्रम समापन समारोह बुटवल शाखाका कर्मचारी सुशील भट्टराईको सञ्चालन भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.