ताप्लेजुङमा सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
May 20, 2024

ताप्लेजुङमा सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

जेठ ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शनिवार र आइतबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३२ वटा सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

जिल्ला सहकारी संघ ताप्लेजुङका अध्यक्ष टामन सिग्देलको प्रमुख अथित्यतामा भएको तालिम समापन कार्यक्रममा संघका उपाध्यक्ष चित्रा चन्शु, सचिव गणेश श्रेष्ठ, फुङलिङ नगरपालिकाको सहकारी शाखाका प्रमुख तुलसा निरौलाको आतिथ्यता रहेको थियो ।

बैंकको फिदिम शाखाका प्रमुख ईम्तियाज आलमले सञ्चालन गर्नुभएको तालिममा बैंकका सहायक तालिम अधिकृत राजकुमार बरालले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.