जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम सम्पन्न
May 19, 2024

जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम सम्पन्न

जेठ ६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कलङ्की शाखाको आयोजनामा एक दिवसीय जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम आइतबार सम्पन्न भएको छ ।

बैंकको कलङकी शाखा कार्यालय क्षेत्र भित्र रहेका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगद सँग सम्बन्धित कारोबार गर्ने कर्मचारीहरूलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पु¥याउनुको साथै वित्तीय कारोबारलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख कला थपलियाले बताउनु भयो ।

तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढेकोले त्यसबाट सचेत रहन र आफ्नो संस्थालाई सुरक्षित र जोखिम रहित बनाउन पनि तालिमले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

तालिममा विधि विज्ञान प्रयोग शालाका बरिष्ठ वैज्ञानिक मुकुल प्रधानले जाली नोट पहिचान तथा हस्ताक्षर जाँचको विषयमा सहजीकरण गरेका गर्नु भएको थियो । तालिम कार्यक्रममा बैंकको कलङकी शाखामा कारोबार गर्ने ३१ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीको सहभागिता रहेकोे थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.