स्तरीकरण कार्यक्रम मार्फत सहकारीमा सुशासन सम्बन्धी गोष्ठी पोखरामा सम्पन्न
May 17, 2024

स्तरीकरण कार्यक्रम मार्फत सहकारीमा सुशासन सम्बन्धी गोष्ठी पोखरामा सम्पन्न

जेठ ३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा गण्डकी प्रदेश अन्तर्गतका सहकारी संस्थाहरुलाई स्तरीकरण मार्फत सहकारीमा सुशासन सम्बन्धी गोष्ठी कार्यक्रम बिहीबार सम्पन्न भएको छ । 

कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलीको अध्यक्षता तथा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै रजिष्ट्रार रिजालले सहकारीमार्फत सदस्यहरूको आर्थिक, सामाजिक जीवनस्तर थप प्रभावकारी बनाउनका लागि सहकारीको मूल्य, मान्यता र सिद्धान्त तथा ऐन कानुनको अक्षरशः परिपालना गर्नुपर्ने बताउनु भयो । सहकारीको प्रवर्द्धन र विकासको लागि बैंकको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै सहकारी संघ संस्थहरुको सुशासन कायम गरी आफ्नो सदस्यहरूलाई सेवा प्रदान गर्न बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सबै संस्थाहरु सहभागी हर्नुपर्नेमा जोड दिनुभयो । बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्र कुमार पराजुलीले सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सहकारीको मर्म, मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी सहकारी संस्था सञ्चालन गर्दा संस्थागत सुशासनको पाटो बलियो रहने उल्लेख गर्नुभयो । 

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेर बहादुर कार्की, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा समन्वय उपसमितिका पूर्व सल्लाहकार भीम गुरुङ लगायतले मन्तव्य राख्दै सहकारीलाई सुशासनयुक्त बनाउनका लागि सहकारी ऐन, नियमावली, विनियम र कार्यविधिका आधारमा सहकारीहरू सञ्चालन गर्ने, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरी सहकारीको मूल्य मान्यताका आधारमा काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

बैंकको गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेको सञ्चालन तथा पोखरा शाखा कार्यालयका प्रमुख अमृत श्रेष्ठको स्वागत मन्तव्यमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले राष्ट्रिय सहकारी बैंकको पछिल्लो वित्तीय अवस्था सहित स्तरीकरण कार्यक्रम मार्फत सहकारीमा सुशासन कायम गर्न बैंकले सञ्चालन गरेको कार्यक्रमको औचित्य, महत्व एवं आवश्यकताका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.