विराटनगरमा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 14, 2024

विराटनगरमा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

जेठ १, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड विराटनगर शाखाको आयोजनामा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । 

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३९ वटा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम समापनको अवसरमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष एवम् बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नभएको भन्दै सहकारी सुशासन र नियम संगत सञ्चालनमा लेखा सुपरिवेक्षण समितिको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।

प्रदेश सहकारी संघ लिमिटेड कोशीका अध्यक्ष एवम राष्टिय सहकारी बैंक लिमिटेड बिराटनगर शाखा समन्वय उपसमितिका संयोजक डा. डिल्ली  पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षक अनिल वीर बज्रचार्यले लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखापरिक्षणका क्षेत्र तथा विधि, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको भूमिका लगायतको विषमया सहजिकरण गर्नुभएको थियो ।

बैंकको विराटनगर शाखाका प्रमुख चिरन्जीवी तिम्सिनाको सञ्चानलमा भएको कार्यक्रममा बैंकको प्रदेश प्रमुख प्रभु पोखरेलको आतिथ्यता रहेको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.