धनकुटामा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम
May 11, 2024

धनकुटामा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम

ललितपुर, २९ वैशाख ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड धनकुटा शाखा कार्यालयले सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०÷०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३४ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

तालिम समापन सत्रमा मन्तव्य राख्दै बैंकका सञ्चालक अमृता सुब्बाले राख्दै सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी हुनु पर्ने बताउनु भयो ।

शाखा समन्वय उपसमिति संयोजक खगेन्द्र प्रसाद सुवेदीले तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

  राष्ट्रिय सहकारी महासंघका योगमाया सुवेदी,ले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

बैंकको धनकुटा शाखाका प्रमुख सुमन कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको तालिममा विभिन्न ८ वटा विषयमा भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.